१३ बैशाख २०८३ आईतबार | 26 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

उत्तरकाशीमा भीषण बादल फाट्दा पाँचको ज्यान गयो, १३५ जनाको सफल उद्धार



  • एजेन्सीको सहयोगमा
  • ९ महिना अघि
  • पाठक संख्या २५९
  • काठमाडौँ, साउन २१ - भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी जिल्लाको धराली क्षेत्रमा गएको भीषण बादल फाटको घटनामा हालसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ। उक्त प्राकृतिक विपद्‌बाट प्रभावित भएका एक सयभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ।

    बादल फाटेपछि उद्दार तथा राहत कार्य तीव्र रुपमा सञ्चालन भइरहेको छ। घटनास्थलमा भारतको प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी र सेनाको टोली खटिएका छन्। ती टोलीले राहत वितरणका साथै बाँचेकाहरूको उद्धारमा सक्रियता देखाएका छन्।

    उत्तराखण्ड प्रहरीले दिएको जानकारीअनुसार धारालीस्थित हर्षिल क्षेत्रमा उद्धार कार्यलाई विशेष प्राथमिकता दिइएको छ। हालसम्म १३५ जनालाई उद्धार गरेर सुरक्षित स्थानमा पु-याइएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रशासक (डिसी) प्रशान्त आर्य र प्रहरी अधीक्षक सरिता डोबल स्वयं घटनास्थलको निरन्तर अवलोकनमा रहेका छन्। विपद् नियन्त्रण कक्षबाट पनि परिस्थितिको निगरानी भइरहेको छ भने थप कर्मचारी र स्रोत साधन परिचालन गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।