२१ असार २०८३ आईतबार | 05 Jul 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘के जन्मिए खै’ सार्वजनिक, शिवु पान्डेको प्रस्तुति दर्शकमाझ हिट



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या ५७६
  • काठमाडौं, साउन २६ - युट्युब र सामाजिक सञ्जालमा हास्यकलाकारको रुपमा छुट्टै पहिचान बनाएका शिवु पान्डे अभिनित तीज गीत ‘के जन्मिए खै’ अहिले चर्चाको शिखरमा पुगेको छ। गायक अर्जुन सापकोटाको स्वरमा रहेको यस गीतले सार्वजनिक भएलगत्तै दर्शकको मन जित्दै बजार तताइरहेको छ।

    पत्रकारिता पेशासँगै कलाकारितामा समेत उत्तिकै सक्रिय रहेका शिवु पान्डेले यस गीतमा पाएको भूमिकालाई धमाकेदार अभिनयमार्फत पर्दामा उतारेका छन्। गीतका शब्द र कथा रेखासँग मेल खाने उनको अभिनयले दर्शकलाई झनै आकर्षित गरेको छ।

    तीजको अवसरलाई लक्षित गरी निर्माण गरिएको ‘के जन्मिए खै’ को भिडियोमा शिवुसँगै अर्जुन सापकोटा, कविता न्यौपाने, दीपा सिंखडा, जुना विश्वकर्मा, दिपा शाही, रेकिशा खत्रीलगायत कलाकारको पनि दमदार उपस्थिति छ। गीतको संगीत, अभिनय र प्रस्तुतिले गर्दा भिडियो छोटो समयमा नै युट्युबमा उच्च भ्युज बटुल्न सफल भएको छ।

    शिवु पान्डे हालका लोकप्रिय हास्यकलाकारमध्ये एकका रूपमा उदाउँदैछन्। उनको प्रस्तुतिको कारण गीत मात्र होइन, भिडियो समेत सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। दर्शकले उनलाई गीतको सबैभन्दा रोचक पात्रका रूपमा मन पराइरहेका छन्, जसका कारण ‘के जन्मिए खै’ अहिले तीज गीतमध्ये विशेष चर्चामा परेको छ।