२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बिरामी लैजाँदै गरेका दलित युवकमाथि दुर्व्यवहार, वडाध्यक्ष विवादमा



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १८४
  • डडेल्धुरा, साउन २६ — डडेल्धुराको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीमाथि एक दलित युवकप्रति दुर्व्यवहार गरेको आरोप लागेको छ।

    स्थानीय २४ वर्षीय लोकेन्द्र लुहार (विक) का अनुसार, उनी बिरामी भाइलाई मोटरसाइकलमा राखी अस्पताल लैजाँदै गर्दा वडाध्यक्षसँग बाटोमा भेट हुँदा अभद्र व्यवहार भएको हो। घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढामा दुवै पक्षबीच छलफल भएको थियो। वडाध्यक्ष जोशीले विवाद आपसी सहमतिमा टुंगिएको दाबी गरेका छन्।

    तर, नेपाल दलित मुक्ति मोर्चा डडेल्धुराका अध्यक्ष धर्मेन्द्र नेपालीले सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेका छन्। उनले सार्वजनिक स्थानमा दलितमाथि हुने यस्तो विभेद र हिंसा स्वीकार्य नहुने चेतावनी दिएका छन्।

    वडाध्यक्ष जोशीले भने आफूलाई बाटोमा केही व्यक्तिले अशोभनीय टिप्पणी गरेपछि सामान्य विवाद मात्र भएको दाबी गर्दै घटनालाई अनावश्यक रूपमा ठूलो बनाइएको टिप्पणी गरेका छन्। उनका अनुसार, प्रहरी चौकीमा छलफलका क्रममा लोकेन्द्र लुहारले गल्ती स्वीकार गरेका थिए।