२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्व गृहमन्त्रीलाई रोजेको कारागार नदिनु अनुचित : राप्रपा अध्यक्ष



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ३५५
  • रुपन्देही, साउन २७ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार रुपन्देही कारागारमा रहेका स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेटेर, उनलाई रोजेको कारागारमा स्थानान्तरण नगर्नु न्यायोचित नभएको बताएका छन्।

    भेटपछि लिङदेनले भने, “पूर्व उपप्रधान तथा गृहमन्त्री भइसकेको व्यक्ति थुनामा हुँदा पायक पर्ने स्थान रोज्ने अधिकार हुनुपर्छ। तर, अदालतले अनुमति दिए पनि सरकारले रोक्नु राम्रो सन्देश होइन।”

    उनले यस विषयमा तत्काल ध्यान दिन सरकारलाई आग्रह गर्दै अन्य राजनीतिक मुद्दाबारे टिप्पणी गर्न चाहेनन्।

    यसअघि सोमबार, राष्ट्रिय मानव अधिकार आयोगको टोलीसँगको भेटमा पनि लामिछानेले अदालतको स्वीकृति हुँदाहुँदै कारागार सार्न नदिएको विषय प्रमुख रूपमा उठाएका थिए।