२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रोल्पामा च्याउ खाँदा महिलाको मृत्यु, श्रीमान् गम्भीर अवस्थामा



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या २२३
  • रोल्पा, भदौ १ – जंगली च्याउ खाँदा एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् गम्भीर बिरामी परेका छन्।

    परिवर्तन गाउँपालिका–२ राङसीकी ७४ वर्षीया नर्मला वलीले गत साउन २७ गते जंगलबाट ल्याएको च्याउ खाएपछि स्वास्थ्य समस्या देखिएको थियो। उनीसहित उनका ८१ वर्षीय श्रीमान् भागीराम वली पनि बिरामी परे।

    प्रारम्भिक उपचारका लागि स्थानीय मेडिकलमा लगिएको भए पनि अवस्था गम्भीर भएपछि दुवै जनालाई साउन २९ गते दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पुर्‍याइएको थियो।

    अस्पतालमा उपचारकै क्रममा नर्मला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। हाल भागीराम वलीको अवस्था अझै गम्भीर रहेको र उनको उपचार निरन्तर भइरहेको प्रहरीले जानकारी दिएको छ।