२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झापामा आत्मदाह प्रयास गर्ने महिलाको मृत्यु



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १८९
  • झापा, भदौ ३ — दमक नगरपालिका–१ भानुचोककी ३० वर्षीया महिलाको आत्मदाह प्रयासपछि मृत्यु भएको छ।

    इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार मनोज साहकी पत्नी शोभाले सोमबार दिउँसो घरमा एक्लै रहँदा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।

    गम्भीर घाइते भएकी उनलाई सुरुमा दमक अस्पतालमा उपचार गरिएको थियो। त्यहाँबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइए पनि आवश्यक उपचार सम्भव नभएको जानकारीपछि पुनः बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याउँदा उनको मृत्यु भएको हो।

    प्रहरीले श्रीमानसँगको आपसी मनमुटावकै कारण उनले यस्तो चरम कदम चालेको हुनसक्ने आशंका गरेको छ।