२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयको कालो झण्डा प्रदर्शन



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या २०८
  • काठमाडौं, भदौ ६ - शिक्षा विधेयकका केही प्रावधान निजी विद्यालयको हित विपरीत रहेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शुक्रबार काठमाडौं उपत्यकामा प्रदर्शन गरेको छ।

    प्याब्सनले बिहान ११ बजेदेखि उपत्यकाभित्रका विद्यालय बसहरूमा कालो ब्यानर टाँसी विरोध प्रदर्शन सुरू गरेको हो। उनीहरूले विद्यालय नजिकका चोकमा बस उतारी धिमी गतिमा परिक्रमा गरेका थिए।

    कार्यक्रमअन्तर्गत बसहरूले करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा २७ किमि लामो चक्रपथ घुमेका थिए। सो क्रममा सवारीसाधनमा कालो झण्डा र ब्यानर टाँसिएको थियो।

    यसबाहेक दिउँसो १२:३० बजे माइतीघर मण्डलामा भेला भई संघीय संसद् भवनलाई घेराउ गर्ने कार्यक्रम पनि तय गरिएको प्याब्सनले जनाएको छ।