२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दिल्लीमा २० रुपैयाँको विवाद : नेपाली मोमो व्यवसायीमाथि नाबालकद्वारा छुरा प्रहार



  • एजेन्सीको सहयोगमा
  • १२ महिना अघि
  • पाठक संख्या २४५
  • भारत, भदौ ९ - भारतको राजधानी दिल्लीमा २० रुपैयाँको सामान्य विवादले ठूलो घटनाको रुप लिएको छ। पूर्वी दिल्लीको गाजीपुरस्थित राजवीर कलोनीमा मोमो बेच्ने नेपाली व्यवसायी २८ वर्षीय तुलबहादुरमाथि तीन नाबालकले छुरा प्रहार गरेका हुन्।

    तुलबहादुर मूलतः नेपालका हुन् र हाल खोडा कलोनीमा बस्दै आएका थिए। एनडिटिभीका अनुसार, ती नाबालकहरूले मोमो खाएर पैसा तिर्न अस्वीकार गर्दा विवाद बढेको थियो। सोही क्रममा छातीमा छुरा प्रहार गरिएको हो।

    घाइते तुलबहादुरलाई तुरुन्तै लालबहादुर शास्त्री अस्पताल लगिएको थियो। अवस्था गम्भीर देखिएपछि उनलाई ट्रमा सेन्टर पुर्‍याइएको हो। अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

    घटनापछि गाजीपुर प्रहरीले ती तीन नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ। घटनाबारे थप विवरण भने सार्वजनिक भइसकेको छैन।