२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सामाजिक सञ्जाल बन्द निर्णय लोकतान्त्रिक मूल्यको विरुद्ध : मेयर रेणु दाहाल



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या १७१
  • काठमाडौँ, भदौ २० - भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई कडा आपत्ति जनाएकी छन्। उनले यसलाई अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारमाथि प्रत्यक्ष आघात भएको टिप्पणी गर्दै तत्काल पुनर्विचार गर्न आग्रह गरेकी छिन्।

    फेसबुकमार्फत आफ्ना विचार सार्वजनिक गर्दै मेयर दाहालले नियमनको नाममा नियन्त्रण गर्नु गलत प्रवृत्ति भएको बताइन्। उनका अनुसार सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने होइन, व्यवस्थित गर्नेतर्फ सरकार गम्भीर हुनु जरुरी छ।

    दाहालले अहिले सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभामा रोकिएको अवस्थामा प्रतिबन्ध लगाउने निर्णय असमयिक भएको उल्लेख गरिन्। उनले भनिन्, “प्रतिबन्ध लगाउनु लोकतान्त्रिक मूल्य र मान्यताको प्रतिकूल हो। नियमन त गर्नैपर्छ तर नियन्त्रण स्वीकार्य हुँदैन।”

    उनले सरकारलाई चाँडै कानुनी स्पष्टता ल्याएर सामाजिक सञ्जालसम्बन्धी उपयुक्त कानून बनाउनुपर्ने सुझाव दिँदै लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्न जोड दिइन्।