१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भ्रष्टाचारविरुद्धको जेनेरेशन जेड आन्दोलनमा दुर्गा प्रसाईं पनि जोडिँदै



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ५०८
  • काठमाडौँ, भदौ २२ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनेरेशन जेड (Gen Z) ले सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् ।

    सुशासनको माग र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा हुने प्रदर्शनमा उनी उपस्थित हुने भएका हुन् ।

    फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रसाईंले “यो देश र नागरिकलाई जोगाउने आन्दोलनमा म पनि सरिक हुन्छु” भन्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन् । साथै उनले गत चैत १५ मा भएको जस्तै राज्यको दमन दोहोरिन नहुने चेतावनीसमेत दिएका छन् ।

    उनले युवापुस्ताले उठाएको यो आन्दोलनलाई ऐतिहासिक कदम भन्दै भ्रष्टाचार अन्त्यका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।