२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भ्रष्टाचार र प्रतिबन्धविरुद्ध जेनजी सडकमा



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या १३९
  • काठमाडौं, भदौ २३ - सामाजिक सञ्जाल बन्द र व्यापक भ्रष्टाचारविरुद्धको नारासहित जेनजीले सोमबार बिहान माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ जुलुस निकालेका छन्।

    विभिन्न प्लेकार्ड बोकेका युवाहरूले नाराबाजी गर्दै सडक मार्च अघि बढाएका हुन्। केही दिनयता सामाजिक सञ्जालमार्फत आक्रोश पोखिरहेका उनीहरूलाई सरकारले प्लेटफर्म नै रोक लगाएपछि सडक आन्दोलनमा उत्रिनु परेको बताइएको छ।

    सडक व्यापकरूपमा अवरुद्ध भएपछि सवारी साधनको आवागमन प्रभावित भएको छ।

    उक्त जुलुसलाई विभिन्न राजनीतिक दल, नागरिक समूह तथा स्वतन्त्र व्यक्तिहरूले समर्थन जनाएका छन्।