काठमाडौं, भदौ २३ – संसद् भवनअगाडि जेनजी आन्दोलन चर्किएपछि काठमाडौंमा कर्फ्यु आदेश जारी गरिएको छ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर भवनभित्र प्रवेश गरेपछि अवस्था नियन्त्रणबाहिर गएको भन्दै जिल्ला प्रशासन कार्यालयले सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु घोषणा गरेको हो।
प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षाका कारण सर्वसाधारणलाई तोकिएको समयसम्म घरमै बस्न अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस