१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आयोजकको आरोपः 'एलिनाले अन्य संस्थाबाट रकम लिइन्, करार भङ्ग गरिन्'



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या ३८८
  • काठमाडौँ, कात्तिक १७ – ‘अब गाउँछ अमेरिका’ नामक सांगीतिक यात्राले पछिल्ला दिनमा ठूलो विवाद निम्त्याएको छ। गायिका एलिना चौहान र आयोजक फ्लाइ नेपा ट्राभल्सबीचको वादविवाद अहिले सामाजिक सञ्जालमा खुला रूपमै चलेको छ।

    आयोजकले चौहानमाथि करार उल्लंघन गरी अन्य संस्थाबाट रकम लिएर कार्यक्रम गरेको आरोप लगाउँदै विज्ञप्ति जारी गरेको छ। फ्लाइ नेपाको विज्ञप्तिमा भनिएको छ, “एलिनाले सम्झौताविपरीत कार्यक्रम सञ्चालन गरेपछि बाँकी टूर रद्द गरिएको हो। यदि आफूलाई अन्याय भएको महसुस छ भने उनले कानुनी बाटो अपनाउन सक्छिन्।”

    आयोजकले चौहानलाई “अफवाह नफैलाउन र भ्रम सिर्जना नगर्न” पनि आग्रह गरेको छ।

    यसअघि, चौहानले अमेरिकामा आफूमाथि नोकरजस्तो व्यवहार गरिएको भन्दै सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि पोखिन्। उनले कार्यक्रमका क्रममा आएको अन्याय र अपमानबारे सार्वजनिकरूपमा प्रतिक्रिया दिएकी थिइन्।

    विवादपछि फ्लाइ नेपाले ती अभिव्यक्तिलाई गलत र एकतर्फी दाबी गर्दै विज्ञप्ति सार्वजनिक गरेको हो। कम्पनीका अनुसार चौहानले न्यूयोर्कको एक कार्यक्रममा रकम लिएको बिल प्रमाण समेत सार्वजनिक भएको थियो।

    चौहानसँगै अमेरिका गएका गायकद्वय बद्री पंगेनी र प्रताप दास भने अझै पनि अमेरिकामै रहेका छन्। चौहान भने विवादका बीचमा नै नेपाल फर्किएकी हुन्।

    नेपाल फर्किएपछि उनले युट्युब अन्तर्वार्ताहरूमा आयोजकका सबै आरोप अस्वीकार गर्दै भनिन्, “मैले कुनै सम्झौता तोडेकी छैन, बरु मलाई अन्याय गरिएको हो।”