१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेर गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १४२
  • काठमाडौं, पुस २ - नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भइरहेको मतदानका क्रममा प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।

    महाधिवेशन प्रतिनिधिहरू मतदान गर्न लाममा उभिएका बेला विभिन्न समूहका नेता तथा समर्थकहरूले आफ्ना उम्मेदवारको पक्षमा मत मागिरहेका छन्। अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच प्यानल बनाएर प्रतिस्पर्धा भइरहेको छ।

    सोही क्रममा मतदान केन्द्र परिसरबाट अछामका शंकर सावदलाई प्रहरीले नियन्त्रणमा लिएको हो। एमाले कार्यकर्ताहरूले सावदले प्यानलका उम्मेदवारहरूको नाम परिवर्तन गरिएको सूची तयार पारेर प्रतिनिधिहरूलाई वितरण गर्दै प्रचार गरेको आरोप लगाएका छन्।

    प्रहरीका अनुसार सावदलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।