ताप्लेजुङ, पुस २० - ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा हिमपात भएको छ। शनिबार बेलुकादेखि सुरु भएको हिमपातका कारण क्षेत्रको चिसो बढेको स्थानीयले बताएका छन्।
यस वर्ष पाथीभरामा यो दोस्रो पटक हिमपात भएको हो। यसअघि गत मंसिर ६ गते पनि पाथीभरा क्षेत्रमा हिमपात भएको थियो।
हिमपातसँगै मौसम थप चिसिँदा स्थानीय जनजीवन प्रभावित भएको छ भने पाथीभरा दर्शनमा जाने भक्तजनले समेत चिसोको सामना गर्नुपरेको छ।
प्रतिक्रिया दिनुहोस