१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अब देशले दुई तिहाइको सरकार पाउँछ : रवि लामिछाने



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १५१
  • काठमाडौं, माघ २६ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि देशमा दुई तिहाइको सरकार बन्ने दाबी गरेका छन्।

    रूपन्देही–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले देश निराशामा डुबेको भनाइलाई अस्वीकार गर्दै जनताको आँखामा स्पष्ट आशा देखिएको बताए। उनले जनताले अब स्थिर र बलियो सरकारको अपेक्षा गरेको उल्लेख गरे।

    “देशमा निराशा मात्रै छ भन्ने कुरा म स्वीकार्दिनँ। म यहाँ उपस्थित नागरिकहरूको आँखामा आशा देख्छु,” उनले भने, “अब कम्तीमा बहुमतको, सम्भव भए दुई तिहाइको सरकार बन्नेछ।”

    जनतामा रहेको यही विश्वास र आशालाई मजबुत बनाउन आफू रूपन्देही पुगेको उनको भनाइ थियो।

    सभापति लामिछानेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ऐतिहासिक मोडका रूपमा चित्रण गर्दै उक्त दिनले देशको राजनीतिक दिशा बदल्ने दाबी गरे।

    “फागुन २१ कुनै साधारण मिति होइन, त्यो देशको भविष्य तय गर्ने कोसेढुंगा हो,” उनले भने, “त्यस दिनका लागि सबै तयार रहनुपर्छ।”