२८ माघ २०८२ बुधबार | 11 Feb 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राप्रपासहित राजसंस्थावादीद्वारा पूर्वराजाको स्वागत घोषणा



  • अञ्जना ढकाल
  • १५ घण्टा अघि
  • पाठक संख्या ५२
  • काठमाडौं, माघ २७ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजसंस्थावादी समूहहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन्।

    पूर्वराजा फागुन १ गते झापाबाट काठमाडौं आउने कार्यक्रम तय भएको छ। सोही अवसरमा विमानस्थलमै स्वागत गरिने जनाइएको छ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजालाई स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिए। उनका अनुसार विमानस्थलमा स्वागतपछि पूर्वराजालाई निर्मल निवाससम्म पुर्‍याइनेछ।

    राप्रपाले औपचारिक विज्ञप्ति जारी नगरे पनि सामाजिक सञ्जालमार्फत देशभक्त र राष्ट्रवादी नागरिकहरूलाई स्वागतमा सहभागी हुन आह्वान गरिएको छ।

    राप्रपा महामन्त्री धवल शम्शेर राणासहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि सामाजिक सञ्जालमार्फत पूर्वराजाको भव्य स्वागत गर्न आग्रह गरेका छन्।

    यस्तै, दुर्गा प्रसाईंले फागुन १ गते दिनको ११ बजे त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा उपस्थित भई कार्यक्रमलाई शान्तिपूर्ण र ऐतिहासिक बनाउन अपिल गरेका छन्।