१० फागुन २०८२ आईतबार | 22 Feb 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पैदलयात्रीमाथि कुटपिट गर्ने कार चालकको खोजीमा प्रहरी



  • अञ्जना ढकाल
  • ५ दिन अघि
  • पाठक संख्या ७६
  • काठमाडौं, फागुन ५ - सडकमा हिँडिरहेका एक पैदलयात्रीमाथि हातपात गरेको आरोपमा एक कार चालकको खोजी प्रहरीले सुरु गरेको छ। उक्त घटना समेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान अघि बढाएको हो।

    भिडियोमा एक व्यक्ति कारबाट ओर्लिएर पैदलयात्रीलाई गालीगलौज गर्दै मुक्का प्रहार गरेको देखिन्छ। घटनास्थल नजिकै साझा यातायातको बससमेत देखिएकाले घटना काठमाडौं उपत्यकाभित्रकै भएको अनुमान गरिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार भिडियो प्रहरीसमक्ष पुगिसकेको छ र संलग्न व्यक्ति तथा सवारी साधनको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। उनका अनुसार दोषीलाई कानुनी दायरामा ल्याइनेछ।

    प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको जनाएको छ।