१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल प्रहरीले मनायो ‘अप्रिल फूल’, प्रहरीको क्यूआर ट्रिक भाइरल



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १५१
  • काठमाडौं, चैत १८ - ‘अप्रिल फूल’ को अवसर पारेर नेपाल प्रहरीले यसपटक फरक शैलीमा जनचेतना अभियान सञ्चालन गरेको छ। सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको सन्देशमा प्रयोगकर्तालाई क्यूआर कोड स्क्यान गर्न प्रेरित गर्दै ध्यानाकर्षण गराइएको थियो।

    उक्त क्यूआर कोड स्क्यान गर्दा भने अपेक्षा विपरीत ‘अप्रिल फूल’ सन्देश देखिएको थियो। साथै, त्यससँगै प्रहरीले क्यूआर कोडमार्फत् हुने सम्भावित ठगी र साइबर जोखिमबारे सचेत गराएको छ।

    प्रहरीले अज्ञात स्रोतबाट प्राप्त क्यूआर कोड प्रयोग गर्दा जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। स्क्यान गर्नुअघि स्रोतको विश्वसनीयता जाँच गर्न, र आफ्ना परिवार तथा साथीभाइलाई समेत यस्ता जोखिमबारे जानकारी गराउन सुझाव दिइएको छ।

    हाल प्रविधिको प्रयोग बढ्दै जाँदा साइबर अपराधका घटना पनि बढिरहेका छन्। यसलाई मध्यनजर गर्दै प्रहरीले सिर्जनात्मक र आकर्षक तरिकाबाट सचेतना फैलाउने प्रयास गरेको जनाएको छ।

    उक्त अभियान सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। धेरै प्रयोगकर्ताले सुरुमा झुक्किए पनि पछि सन्देश बुझेर प्रहरीको यस्तो प्रयासको प्रशंसा गरेका छन्।