१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाली श्रमिकको सुरक्षाका लागि तत्काल उद्धार योजना आवश्यक : राष्ट्रियसभा



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १२३
  • काठमाडौँ, चैत २५ - राष्ट्रियसभामा सांसदहरूले मध्यपूर्वी क्षेत्रमा बढ्दो तनावका कारण त्यहाँ काम गर्दै आएका नेपाली श्रमिकमाथि हुने जोखिमबारे सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले तत्काल उद्धार योजना तयार पार्न र दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गरेर जनतालाई राहत दिन सुझाव दिएका छन्।

    नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले खाडी मुलुकमा काम खोज्न गएका नेपाली सुरक्षित रूपमा स्वदेश फर्किन सक्ने अवस्था बनाउनुपर्ने बताए। उनले गृहमन्त्री सुधन गुरुङसँग पोखराको जग्गा प्रकरण छानविन गरी स्पष्ट पार्न माग गरे।

    सांसद खम्बबहादुर खातीले मध्यपूर्वी क्षेत्रमा नेपाली प्रभावित हुनसक्ने भएकाले तत्काल राहतका कार्यक्रम ल्याउनुपर्ने बताए। उनले सम्पत्ति शुद्धीकरणका नाममा पूर्वाग्रहपूर्ण मुद्दा लगाउने काम रोक्न पनि माग गरे।

    कांग्रेस सांसद विष्णुकुमारी सापकोटाले सरकारलाई जनभावना र नागरिकको चाहनाअनुसार अघि बढ्न जोड दिइन्। नेकपा सांसद सुरेश आलेमगरले सरकार गैरसंवैधानिक बाटोमा नजाने भन्दै संसद सचेत हुनुपर्ने बताए।

    एमालेकी सांसद रोश्नी मेचेलले विद्यार्थीहरूलाई सङ्गठित हुन नदिँदा हकअधिकारमा जोखिम बढ्ने बताइन्। भुवनबहादुर सुनारले किसानका मुद्दा प्राथमिकतामा राख्नुपर्ने र ‘जसको जोत, उसको पोत’ नारा व्यवहारमा लागू गर्नुपर्ने जोड दिए।