८ बैशाख २०८३ मंगलबार | 21 Apr 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सांसदका प्रश्नमा मन्त्रीको जवाफ ७ दिनभित्रै अनिवार्य



  • अञ्जना ढकाल
  • ३ घण्टा अघि
  • पाठक संख्या ४४
  • काठमाडौं, वैशाख ८ - प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रै दिनुपर्ने व्यवस्था गरिएको छ।

    प्रतिनिधिसभा नियमावलीको नियम १५ मा शून्य समय र विशेष समय सम्बन्धी स्पष्ट प्रावधान राखिएको छ। सोही नियमअनुसार, यी समयमा उठाइएका विषयमा सरकारको तर्फबाट जवाफ दिन ढिलाइ गर्न नपाइने उल्लेख गरिएको छ।

    नियमावलीमा आकस्मिक समयको व्यवस्था पनि गरिएको छ। बैठकबीचको अवधिमा कुनै गम्भीर प्रकृतिको घटना वा विषयमा सरकारको ध्यानाकर्षण गराउन सांसदले समय माग गर्न सक्नेछन्।

    सांसदले यसरी आकस्मिक समय माग गरेमा सभामुखले आवश्यक ठानेमा समय उपलब्ध गराउन सक्ने प्रावधान छ।

    आकस्मिक, शून्य र विशेष समयमा उठेका सबै विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्रै सदनमा जवाफ दिनुपर्ने नियमावलीमा उल्लेख गरिएको छ।