६ असार २०८३ शनिबार | 20 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कांग्रेस संसदीय दल बैठकमा सांसदहरूलाई ‘गाइड’ गर्दै गगन थापा



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ५४
  • काठमाडौं, वैशाख २३ - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्। बुधबार बस्ने संसदीय दलको बैठकमा उनले सांसदहरूको भूमिका र प्रस्तुतीकरणबारे मार्गदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने गरी दलका नेता भीष्मराज आङ्देम्बेले आह्वान गरेका हुन्। उक्त बैठकमा सभापति थापाले संसद्मा कसरी प्रभावकारी रूपमा प्रस्तुत हुने भन्ने विषयमा सांसदहरूलाई सहजीकरण गर्ने बताइएको छ।

    नेता आङ्देम्बेको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल हुनेछ। विशेषगरी अध्यादेश र सुकुम्बासी समस्याबारे पार्टीको धारणा तय गर्ने विषय प्राथमिकतामा पर्नेछ।

    कांग्रेस सांसद गीता गुरूङका अनुसार सरकारको सिफारिसमा जारी भएका अध्यादेश तथा सुकुम्बासी मुद्दामा पार्टीले कस्तो अडान लिने भन्नेबारे विस्तृत छलफल हुने कार्यक्रम छ।

    बैठकलाई आगामी संसद् गतिविधिका लागि तयारी तथा रणनीति निर्माणको रूपमा समेत हेरिएको छ।