६ असार २०८३ शनिबार | 20 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कीर्तिपुरमा दिउँसै हत्या : धारिलो हतियार प्रहारबाट युवकको मृत्यु



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या १०१
  • काठमाडौं, वैशाख २३ - कीर्तिपुरमा दिउँसै भएको धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा बुधबार दिउँसो करिब साढे २ बजे घटना भएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विपिन घिमिरेमाथि अचानक धारिलो हतियारले आक्रमण गरिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी कीर्तिपुर अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्।

    प्रहरी प्रारम्भिक अनुसन्धानबाट साथी–साथीबीचको विवादका कारण घटना भएको देखिएको जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

    प्रहरीले आरोपितलाई छिट्टै नियन्त्रणमा लिने दाबी गर्दै घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।