२७ बैशाख २०८३ आईतबार | 10 May 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपा नयाँ शक्ति हो, अनुभवहीन होइन : रवि लामिछाने



  • अञ्जना ढकाल
  • १ घण्टा अघि
  • पाठक संख्या २१
  • काठमाडौं, वैशाख २७ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू राजनीतिमा नयाँ भए पनि अनुभवहीन वा बेवकुफ नभएको बताएका छन् । पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै उनले रास्वपा देश र भावी पुस्ताको भविष्यप्रति जिम्मेवार भएर अघि बढिरहेको बताएका हुन् ।

    लामिछानेले देश गलत दिशामा गएको अवस्थामा आफूहरूले त्यसलाई सही मार्गमा फर्काउने प्रयास गरिरहेको दाबी गरे । “हामी देशको अवस्थालाई लिएर गम्भीर छौं । अहिले देशलाई सही ट्र्याकमा ल्याउने प्रयास भइरहेको छ,” उनले भने ।

    उनले आगामी बजेट सम्पूर्ण देशलाई केन्द्रमा राखेर तयार गरिने बताए । कुनै एक निर्वाचन क्षेत्र वा सीमित समूहलाई लक्षित गरेर नभई समग्र नेपालको हितलाई ध्यानमा राखेर बजेट बाँडफाँट गरिने उनको भनाइ थियो ।

    सरकारका कामकारबाहीबारे बोल्दै लामिछानेले अहिलेको सरकारले सोचविचार गरेर निर्णय गरिरहेको बताए । सरकारले गरेका काम जनताको हितमा केन्द्रित रहेको उल्लेख गर्दै उनले सरकारलाई आफ्नो कामबाट भाग्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिए ।

    पछिल्लो समय ल्याइएका अध्यादेशबारे आलोचना भइरहे पनि त्यसबाट देशलाई हानि पुग्ने कुनै काम नगरिएको उनले स्पष्ट पारे । देश र समाजको आवश्यकतालाई ध्यानमा राखेर नै निर्णयहरू गरिएको उनको भनाइ थियो ।