९ असार २०८३ मंगलबार | 23 Jun 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

महाधिवेशनमा जुटे ४५ सय प्रतिनिधि, दिउँसो १ बजेदेखि बन्दसत्र



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या २७
  • चितवन, असार ९ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सहभागी प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गर्ने कार्य मंगलबार बिहानदेखि सुरु गरिएको छ।

    पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूलाई परिचयपत्र उपलब्ध गराउने काम जारी रहेको छ। परिचयपत्र वितरण प्रक्रिया सम्पन्न भएपछि दिउँसो १ बजेदेखि महाधिवेशनको बन्दसत्र सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए।

    बन्दसत्रमा प्रस्तुत गरिने कार्यसूची तथा अन्य व्यवस्थापकीय विषयमा पार्टी नेतृत्वबीच आवश्यक छलफल भइरहेको जनाइएको छ। महाधिवेशनका क्रममा संगठनात्मक संरचना, भावी कार्यदिशा तथा विभिन्न प्रस्तावमाथि प्रतिनिधिहरूबीच विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

    भरतपुरमा आइतबारदेखि जारी महाधिवेशनमा देशभरबाट करिब ४ हजार ५ सय प्रतिनिधिहरू सहभागी भएका छन्। रास्वपाको पहिलो महाधिवेशन भएकाले पार्टीभित्र र बाहिर यसको विशेष चासोका साथ हेरिएको छ।