२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विष्णु पौडेल प्रकरण : सम्पत्ति शुद्धीकरण विभागमा बयान, थप कारबाही तयारी



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ६६
  • काठमाडौं, असार ९ - नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको छ। उनलाई मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको स्रोतहरूले जनाएका छन्।

    पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई स्थलमार्ग हुँदै रातारात काठमाडौं स्थानान्तरण गरिएको बताइएको छ।

    अनुसन्धानसँग सम्बन्धित निकायका अनुसार पौडेलको शंकास्पद स्रोतबाट आर्जित सम्पत्ति तथा सेयर कारोबारबारे छानबिन भइरहेको छ। सोही विषयमा थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

    पौडेललाई आवश्यक कानुनी प्रक्रिया अन्तर्गत अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ। यसअघि अनुसन्धान टोलीले उनको निवासमा समेत खानतलासी गरेको जनाइएको छ।

    घटनापछि राजनीतिक वृत्तमा चासो बढेको छ भने सम्बन्धित विभागले अनुसन्धान प्रक्रिया जारी रहेको जानकारी दिएको छ।