२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १२५
  • काठमाडौं, असार १० - नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको पक्राउलाई गैरकानूनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरिएको छ।

    पौडेलकी पत्नीले दायर गरेको रिटमा राजनीतिक पूर्वाग्रहका आधारमा कुनै ठोस प्रमाणबिना पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहाइको आदेश जारी गर्न माग गरिएको छ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा प्राप्त बयानका आधारमा पौडेललाई नियन्त्रणमा लिएको थियो। विभागले उनीमाथि थप अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्यादसमेत लिएको छ।

    पौडेललाई सोमबार सुर्खेतमा आयोजित एक कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई सोही रात काठमाडौं ल्याइएको थियो।

    यस विषयमा सर्वोच्च अदालतले अब कानुनी प्रक्रिया अगाडि बढाउनेछ भने पौडेलको पक्राउ कानुनसम्मत थियो वा थिएन भन्ने विषय अदालतको सुनुवाइबाट टुंगिनेछ।