२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

टिकटकमार्फत चर्चामा आएका तुलसी अधिकारीको बयान आज पनि जारी



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ९८
  • काठमाडौं, जेठ २० - टिकटकमार्फत चर्चामा आएका तुलसी अधिकारीसँग सम्बन्धित मुद्दामा ललितपुर जिल्ला अदालतमा आज पनि बयान लिने कार्य जारी रहेको छ। पछिल्ला दुई दिनदेखि अदालतमा उनको बयान चलिरहेको हो।

    ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा अधिकारीको बयान प्रक्रिया भइरहेको छ। बयान सकिएपछि आजै थुनछेक बहस सुरु हुन सक्ने अदालत स्रोतले जनाएको छ। बहस सम्पन्न भएपछि अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा हाजिरी जमानीमा रिहा गर्नेबारे आदेश आउने अपेक्षा गरिएको छ।

    अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी गत शनिबार राति नेपाल ल्याइएको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

    जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले एक व्यवसायीको उजुरीका आधारमा २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा तुलसी अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।