१९ असार २०८३ शुक्रबार | 03 Jul 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मेलम्चीमा बाढी र धमिलो पानीपछि काठमाडौंमा खानेपानी वितरण रोकियो



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या २५
  • काठमाडौं, असार १९ - लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेर पानी अत्यधिक धमिलो बनेपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा आएको बाढीका कारण पानीको गुणस्तर प्रभावित भएको छ। पानी अत्यधिक धमिलो भएकाले प्रशोधन गर्न कठिन भएपछि सुन्दरीजलस्थित प्रशोधन केन्द्रतर्फ पानी पठाउने प्रक्रिया तत्कालका लागि रोकिएको उनले जानकारी दिए।

    उनका अनुसार पानीको गुणस्तर सामान्य अवस्थामा फर्किएपछि पुनः प्रशोधन प्रक्रिया सुरु गरिनेछ र पूर्वनिर्धारित वितरण तालिकाअनुसार उपत्यकावासीलाई खानेपानी उपलब्ध गराइनेछ।

    केयुकेएलले निरन्तर वर्षा भइरहे पानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने जनाएको छ। उपभोक्तालाई आवश्यक परे वैकल्पिक पानीको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।