२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कप्तानगञ्ज घटनामा थप एक घाइतेको मृत्यु, ज्यान गुमाउनेको संख्या तीन पुग्यो



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ८०
  • काठमाडौं, साउन १९ - सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक झडपमा घाइते भएका अर्का एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो। उनी झडपका क्रममा गम्भीर घाइते भएका थिए र केही दिनदेखि उपचाररत थिए।

    यसअघि हिन्दु र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो। पछिल्लो मृत्युले घटनाको मानवीय क्षति अझ बढेको छ।

    यस्तै, घटनाकै क्रममा सिराहामा पनि प्रहरीको गोली लागेर अर्का एक युवाको ज्यान गएको जानकारी सार्वजनिक भएको छ। घटनासँग सम्बन्धित विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    कप्तानगञ्ज घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय क्षेत्रमा शान्ति कायम राख्न प्रशासनले आवश्यक सतर्कता अपनाइरहेको जनाएको छ।