१६ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाकी एक महिला कर्मचारीले मेयर बालेन साहले आफूलाई मानसिक याताना दिएको आरोप लगाएकी छिन् ।
महानगरकी वरिष्ठ कानुन अधिकृत (आठौं तह) सस्मिता घिमिरेले मेयर साहले आफूलाई लामो समयदेखि जिम्मेवारविहीन बनाएर ‘टर्चर’ दिएको आरोप लगाएकी हुन् ।
महानगरको कानुन विभागमा दरबन्दी आवश्यक हुँदा समेत आफूलाई नराखेर मेयर बालेनले आफ्ना नजिकका मान्छेलाई राखेको उनको आरोप छ ।
घरमा बस्दा जागिर जाने डरले कार्यालयमा हाजिर गरेर फर्किनु पर्ने बाध्यता रहेको उनको गुनसो छ ।
घरमा बस्दा जागिर जाने डरले कार्यालयमा हाजिर गरेर फर्किनु पर्ने बाध्यता रहेको उनको गुनसो छ ।
अफिस जाउँ भने कुर्सी टेबल केही छैन, नजाउँ भने सानो गल्तीले जागिर जान्छ । प्रशासनमा चरम राजनीति छ । मेयरले आफ्नो कार्यालयमा के भइरहेको छ भनेर हेर्नुपर्ने हो । तर हेरेका छैनन्,’ अनलाइनखबरसँग उनले गुनासो गर्दै भनिन्, ‘मेरो एउटै माग भनेको मलाई पदीय जिम्मेवारी दिनुपर्छ भन्ने हो। अरु केही होइन।
सचिवालय भन्छ : थाहा छैन, बुझ्दै छौं
मेयर साहको सचिवालयले भने यो विषयमा थाहा नभएको भन्दै स्टाटस आएपछि बुझ्ने काम भइरहेको जनाएको छ ।
‘मेयर ज्यूले त उहाँलाई चिन्नुपनि हुँदैन होला । उहाँले भनेको विषयमा बुझिरहेका छौं । अब मानसिक दबाब, तनावको कुरा त कसले गर्छ र ?,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।
उनले यसो किन भनेको विषयमा अनभिज्ञ रहेको भन्दै शाहले बुझेर मात्रै बोल्ने बताए ।
प्रतिक्रिया दिनुहोस