२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुदन गुरुङ : 'जनताले रोजे प्रधानमन्त्रीका लागि लड्न तयार छु'



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या १०८
  • काठमाडौं, असोज १३ - जेनजी आन्दोलनबाट चर्चामा आएका सुदन गुरुङले जनताले विश्वास गरे प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्।

    एक अन्तरवार्तामा उनले आन्दोलनको एजेन्डा जनताको स्वरबाट तय गर्ने र दोषी नेतामाथि छिटो अनुसन्धान आवश्यक रहेको बताए। पुराना दललाई चुनावमा सहभागी हुन नदिने गरी प्रक्रिया अघि बढाउने दाबीसमेत गरे।

    राजावादीसँग सहकार्यको सम्भावना अस्वीकार गर्दै गुरुङले राष्ट्रिय झण्डामुनि सबैलाई एकजुट हुनुपर्नेमा जोड दिए। छिमेकीसँग सम्मानजनक सम्बन्ध आवश्यक रहेको उनले स्पष्ट पारे।

    आफू प्रधानमन्त्रीका लागि योग्य व्यक्ति भन्दिनँ तर जनताले रोजे जिम्मेवारी लिन तयार छु भन्ने गुरुङको भनाइ छ।