४ बैशाख २०८२ बिहिबार | 17 Apr 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुई वर्षदेखि हाइटेन्सन पावर लाइनका पिलरहरू बेवारिसेअवस्थामा



  • सिमोन भट्टराई
  • १ बर्ष अघि
  • पाठक संख्या ३३९

  • सिरीजङ्घा गाँउपालिका-2 आम्बेगुदिन मिति २०८०सुरुवात तिर अन्लोड गरिएका उच्च विस्तार लाइनको लागि (high extension line)  सिदिङ्वा गाउपालिका मेहेले,सुरुमखिम लैजाने भन्दै बारुन्दिन टोलको कोप्छे लाइन बाट हपुखोला बजार पर  सिरिजङ खेत सडक खन्ड सम्म नै मोटर बाटोको साइड किनारामा अन्लोड गरिएका हाइड्रोपावर  कम्पनिका हाइटेनसन पोल हरु अहिले  सडकको आसपासमा अनियन्त्रित र अव्यवस्थित रूपमा जहाँ त्यही देख्न सकिन्छ सडक मर्मत  गर्ने  क्रममा  थप अव्यवस्थित र असुरक्षित बन्दै गएका छन्।

    यसरी छर पस्ट भैरहदा सडक आसपासका खेती योग्य जमिनमा बालिनाली लगाइसकेको खेति साइड लगाएर कृषक थप मारमा परिरहेका सडक आसपासका कृषकहरूको गुनासो छ।

    हाइड्रोपावरसँग सम्बन्धित ठेकेदार , स्थानीय सरकार लगायत सरोकारवालाको तुरन्त ध्यान जाओस्  अव्यवस्थित भई जीर्ण बनिएका पूर्वाधारहरूबाट भएको विकास दीर्घकालीन बन्न सक्दैन।

    तसर्थ  निकट भविष्यमा यस्तो बेवारिसे विकास नहोस् भन्दै छरिएका पोलहरु उठाइ सम्बन्धित स्थानमा पुर्‍याउन  सम्बन्धित सरोकारवालाहरुको समयमा नै ध्यान पुगोस।