२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गायिका चौहानको विवादमा बोल्यो लोक तथा दोहोरी गीत प्रतिष्ठान



  • सिमोन भट्टराई
  • २ बर्ष अघि
  • पाठक संख्या ६४८
  • काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायिका एलिना चौहान र साउन्ड टेक्निसियनबिच भएको विवादलाई लिएर साउन्ड सिस्टम व्यवसायीहरूले जारी गरेको विज्ञप्ति र सो विज्ञप्तिमा उल्लिखित शब्दावलीमा आपत्ति जनाएको छ । अध्यक्ष रिता थापा मगर र महासचिव शिव हमालको हस्ताक्षरमा आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    “गत फाल्गुण २० गते पर्वतमा सम्पन्न मगर महोत्सव-२०८० मा आफ्नो प्रस्तुति राख्ने क्रममा साउन्ड टेक्निसियन र गायिका चौहान बिच भएको विवादको विषयलाई लिएर साउन्ड सिस्टम व्यवसायीहरूले जारी गरेको विज्ञप्ति र सो विज्ञप्तिमा उल्लिखित शब्दावलीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ, “कलाकार र साउन्ड इन्जिनियर, टेक्निसियन बिचको अन्योन्याश्रित सम्बन्धलाई समेत ओझेल पार्ने गरी यति संवेदनशील विषयमा एकपक्षीय रूपमा विज्ञप्ति जारी गरी गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने भन्ने जस्ता गैर जिम्मेवार र बहिस्कारको सोचबाट उद्धत अभिव्यक्ति प्रति हाम्रो घोर आपत्ति छ।”

    विज्ञप्तिमा यो स्तरको अव्यवहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याई कलाकार र साउन्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सृजना गर्नुहुन सम्बन्धित सबैमा अपिल गरिएको छ ।

    एलिना प्रतिष्ठानकी आजीवन सदस्य हुन् ।