२१ असार २०८३ आईतबार | 05 Jul 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपालमा अनुमति नलिएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी घोषणा



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या ४२४
  • काठमाडौं, भदौ १९ - सर्वोच्च अदालतको परमादेशपछि सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्को अघिल्लो निर्णय कार्यान्वयन गर्दै दूरसञ्चार प्राधिकरणलाई तत्काल कदम चाल्न निर्देशन दिएको हो।

    सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल तथा ओटीटी एप्समार्फत विज्ञापनसहितका सामग्री प्रसारण रोक्न आदेश दिएको थियो। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको इजलासले सरकारलाई कानुन बनाएर प्रसारण नियमन गर्न पनि निर्देशन दिएको छ।

    नेपालमा विदेशी प्रसारण संस्था वा डिजिटल सेवा प्रदायकले सामग्री प्रसारण गर्नुअघि अनुमति लिनुपर्ने व्यवस्था भए पनि धेरै सामाजिक सञ्जाल बिना अनुमति सञ्चालन हुँदै आएका थिए। यसैबीच, सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेर नियमनको तयारी अघि बढाएको हो।