८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतमा सडक दुर्घटनामा परि तिन जना नेपालीको मृत्यु



  • सिमोन भट्टराई
  • १ बर्ष अघि
  • पाठक संख्या ४०३
  •  

     

    कुवेत- कुवेतमा सडक दुर्घटनामा परि तीन जना नेपाली नागरिकको मृत्यु भएको छ। हिजो मार्च १२ तारिख बिहान ५ बजेको समयमा कुवेतको महाबुल्ला क्षेत्रको सिसाईड रोडमा उक्त घटना भएको बुझिएको छ।

    मूत्यु हुनेमा सानो भर्याङ्ग नागार्जून -२ काठमाण्डौंका सुजन कार्की, लयती पन्चदेवल विनायक -५ आछामका सुरत बहादुर कडायत र वेंगादवार -३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन।

    मृतकहरु कुवेतको पापाजोन कम्पनीमा कार्यरत थिए। हवालिमा बस्दै आएका सुजन र धिरज सोमवार राति महाबुल्ला बस्ने साथि सुरतलाई भेट्न गएको र हिजो बिहान डिउटीको लागि कोठामा फर्कने क्रममा बस चढाउन आएका सुरतसहित तिनै जनालाई स्थानिय नागरिकको गाडिले ठक्कर दिदा घटनास्थलमै निधन भएको हो।

    गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, मृतकहरुको शवलाई पोष्टमार्टमको लागि फरवानिया हस्पिटल राखिएको छ।

    नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज गौतमका अनुसार ‘घटनाको सुचना पाए लगतै आवश्यक प्रकृया अगाडी बढाई परिवार तथा कम्पनिसंग सम्पर्कमा रहेको र शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागी पहल गर्ने जनाएका छन।