२६ चैत २०८१ मंगलबार | 08 Apr 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमालेको विजय सभाबाट फर्केको जीप दुर्घटना, १९ जना घाइते



  • सिमोन भट्टराई
  • ११ महिना अघि
  • पाठक संख्या ४५०
  • इलाम - १८ वैशाख इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ ।

    को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजार नजिक दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी १९ जना घाइते भएका छन् । गम्भीर घाइते तीन जनालाई उपचारको लागि झापा अस्पताल रेफर गरिएको छ ।

    सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    गाडी चालक इलाम नगरपालिका ५ का ३१ वर्षे राजन खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको डीएसपी प्रकाश जबेगूले जानकारी दिए ।