९ जेठ २०८२ शुक्रबार | 23 May 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा काठमाडौं महानगरले लगायो ताला



  • AMITA BHATTARAI
  • १२ महिना अघि
  • पाठक संख्या १६३
  • काठमाडौं -  सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ। महानगरभित्रका चार विद्यालयका ६१ सटरमा शिक्षा विभागले ताला लगाएको हो। व्यावसायिक प्रयोजनमा आएका सटर तथा टहराहरूमा ताला लगाइएको हो।

    महानगरको टोलीले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको शहीद शुक्र माविले भाडामा दिएका २२ वटा सटरमा ताला लगाएको छ। यस्तै, डिल्लीबजारस्थित विजय स्मारक माविले भाडामा लगाएका ८ र डिल्लीबजारकै पद्मकन्या माविका १४ वटा सटरमा ताला लगाइएको हो।

    शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरूमा बन्द गरी चाबी प्रधानाध्यापकहरूलाई बुझाइएको महानगरका शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए। ताला लगाइएका सटरका व्यवसायीलाई सामान लैजान ७ दिनको समय दिइएको छ।

    महानगरभित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ। यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्,' दाहालले भने।