१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डली चायवाला नेपालमा रमाउदै

भारतीय चियावाला डली चायवाला हालसालै नेपाल भ्रमणमा आएका छन्



Dolly Chaye Wala
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २५९
  • भारतीय चियावाला डली चायवाला हालसालै नेपाल भ्रमणमा आएका छन्, र उनले आफ्नो यात्रा झापाबाट सुरु गरेका हुन्।

    झापाको लंका रिसोर्टमा उनले चिया खुवाउने विशेष कार्यक्रम गरेका थिए। डली चायवाला चिया बनाउने आफ्नो अनौठो र विशेष शैलीका कारण सामाजिक सञ्जालमा निकै चर्चित भएका हुन्। बिल गेट्सलाई चिया खुवाएपछि उनले विश्वभरि नै थप लोकप्रियता प्राप्त गरेका थिए।

    नागपुरस्थित चिया स्टलमा काम गर्ने डली चायवालाले रजनीकान्तको शैलीमा कला देखाउँदै चिया बनाउँछन्। यो अनौठो र मनोरञ्जनात्मक ढंगले चिया बनाई बेच्ने शैलीले उनी भाइरल बन्न पुगेका हुन्। 

    भाइरल भारतीय चियावाला डली चायवालालाई नेपाल भ्रमणका लागि ग्लोबल इनोभेसन पार्टनर नामक संस्थाले निम्तो दियको हो। उनको यो भ्रमणले नेपालमा पर्यटन र सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। डली चायवालाले बिल गेट्सलाई चिया खुवाएपछि विश्वभर चर्चा कमाएका थिए। 

    नेपालमा उनी विभिन्न पर्यटन र सांस्कृतिक गतिविधिहरूमा सहभागी हुँदैछन्, जसमा पर्वतीय उडान र काठमाडौंबाट पोखरासम्मको भ्रमण पनि समावेश छ। साथै, उनले काठमाडौंबाट शैक्षिक परामर्शदाताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि छ। नेपाल भ्रमणको क्रममा उनी सेलिब्रेटीहरूसँग विशेष कार्यक्रमहरूमा पनि सहभागी हुनेछन्। 

    उनको वास्तविक नाम सुनिल पाटिल हो, तर उनको पूर्वप्रेमिकाले उनलाई "डली" उपनाम दिएको कारणले उनी यही नामबाट चर्चित भएका छन्। हाल उनले विभिन्न अन्तर्राष्ट्रिय भ्रमण गर्दै विभिन्न देशहरूमा चिया बनाउने कार्यक्रम गर्दै आएका छन्, जसमा नेपाल भ्रमण पनि समावेश छ ।

    उनले चिया व्यवसायमा १५ वर्षभन्दा बढी समय बिताएका छन्। डलीले भारतबाहेक माल्दिभ्स र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता अन्य देशहरूमा पनि भ्रमण गरेका छन्, जहाँ उनले विशेष कार्यक्रमहरूमा चिया खुवाएका थिय।

    विशेषगरी उनी त्यतिबेला विश्वभर चर्चित भए जब संसारकै धनी व्यक्तिहरूमध्ये एक, बिल गेट्स, भारतको अनन्त अम्बानीको विवाह समारोहमा उनको स्टलमा गएर चिया पिए। गेट्सको उपस्थितिले डली चायवालाको चर्चा झन् चुलियो र उनलाई सामाजिक सञ्जालमा बलिउड सेलिब्रेटीहरूसँग तुलना गर्न थालियो।

    यसका साथै, उनले नेपाली युवाहरूलाई कडा मिहिनेत र प्रतिबद्धता मार्फत सफलता प्राप्त गर्न प्रेरित गर्ने उद्देश्य राखेका छन्। उनका सामाजिक सन्जालमा धेरै फ्यान र फलोअर्स भयको कारणले यस कार्यक्रमहरूबाट नेपालमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ