८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माटो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु

हुम्ला जिल्लामा दसैँको तयारीका क्रममा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ।



Dead
  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १४०
  • हुम्ला जिल्लामा दसैँको तयारीका क्रममा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ।

    ताँजाकोट गाउँपालिका-३ मा भएको यस घटनामा २५ वर्षीय धुव्र शाही र २४ वर्षकी मनसुरा मल्लको मृत्यु भएको छ। उनीहरू दसैँको लागि घर सजावट गर्न आवश्यक माटो खन्न गएका थिए। 

    प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार, घटना घरभन्दा आधा घण्टाको दूरीमा रहेको सियाणी खोलामा माटो खन्ने क्रममा घटेको हो। साथमा रहेका अर्का स्थानीय लालबहादुर शाही भने सामान्य घाइते भएका छन्, र उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ।

    मृतकहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल हुम्लामा पठाइएको छ।