२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपाकाे प्रवास नेपाली सम्पर्क विभाग कुवेतद्वारा सभापति पक्राउको विरोध



  • सिमोन भट्टराई
  • २ बर्ष अघि
  • पाठक संख्या ३८०
  • कुवेत - राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झुटो मुद्दामा पक्राउ गरिएकोप्रति रास्वपाकाे वैदेशिक संगठन प्रवास नेपाली सम्पर्क विभाग कुवेतले एक प्रेस विज्ञप्ति जारी गरेको छ। 

    साथै सरकारको उक्त कदमको घोर भर्सना गर्दै यो कदम तानाशाही सरकारको राजनीतिक शक्तिहरू प्रतिको राजनीतिक प्रतिशोध र नयाँ पार्टीहरूलाई उम्कन नदिने किसिमको सरकारको अराजक प्रवृत्तिले रास्वपालाई मिसन २०८४ लक्षित गर्ने मनसायका साथ पार्टीको मनोबललाई कमजोर पार्ने षड्यन्त्र हो, प्रवास संगठनका कार्यबहाक संयोजक मोहमद आलमगिर अंसारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

    अंसारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई सहकारी ठगीको मुद्दामा संसदीय छानबिन समितिले पनि कुनै संलग्नता नरहेको पुष्टि गरेको हुँदा पनि सोही मुद्दामा सभापति लामिछानेलाई पटक पटक मानसिक यातना दिने र मनोबललाई कमजोर पार्ने मनसायले पक्राउ गरिनेमा राजनीतिक पूर्वाग्रह प्रेरित रास्वपालाई आउँदो स्थानीय चुनाव विफल पार्ने मनसायले यो कदम चालेको ठहर छ, विज्ञप्तिमा भनिएको छ। 

    सभापति लामिछानेले अनुसन्धानलाई सघाउन सहयोग गर्ने भनेका छन् तर, कथम कदाचित राजनीतिक प्रतिशोधको जस्तो देखिन्छ भने रास्वपाले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। 

    प्रवास नेपाली सम्पर्क विभाग कुवेतको प्रेस विज्ञप्ति यस्तो छ:-