३० साउन २०८३ शनिबार | 15 Aug 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका जवानद्वारा प्रहरी कार्यालयमा आत्महत्या

दाङमा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले घोराहीको वडा प्रहरी कार्यालयमा आत्महत्या गरेका छन्।



Dead
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३४९
  • दाङमा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले घोराहीको वडा प्रहरी कार्यालयमा आत्महत्या गरेका छन्। प्युठानको बडडाँडा घर भएका मगरलाई भालुवाङमा केही दिनअघि नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। 

    जिल्ला प्रहरी कार्यालय, दाङका एसपी अर्जुन तिम्सेनाका अनुसार, मगर आज बिहान प्रहरी कार्यालयको शौचालयमा गन्जी र टिसर्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए। दसैँको अवसरमा पिङ खेल्न गएकी नाबालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका मगरले प्रहरीसँगको बयानमा उक्त आरोप स्वीकार गरेका थिए।