१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

म्याद थप नभए पनि लामिछानेलाई पहिले जारी भएको पक्राउ पुर्जीका आधारमा पक्राउ गर्ने

कास्की अदालतले लामिछानेको म्याद थप नगरे पनि लामिछानेलाई पहिले जारी भएको पक्राउ पुर्जीका आधारमा तुरुन्तै पक्राउ गरेर ल्याइने प्रहरीको रणनीति अघि बढिरहेको देखिन्छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १९९
  • रवि लामिछानेको प्रकरणमा प्रहरीको रणनीति अत्यन्तै सोच-विचार गरेर अघि बढिरहेको देखिन्छ। कास्की अदालतले लामिछानेको म्याद थप गर्ने वा नगर्ने निर्णयको प्रतीक्षामा रहेर, प्रहरीले आवश्यक कदम चाल्ने योजना बनाएको छ।

    यदि म्याद थप गरियो भने छठपछि उनलाई रुपन्देही ल्याइनेछ। तर, यदि म्याद थप भएन भने रुपन्देहीमा पहिले जारी भएको पक्राउ पुर्जीका आधारमा तुरुन्तै पक्राउ गरेर ल्याइनेछ। 

    लामिछानेसँगै यस प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पनि मुछिएका छन्। प्रहरी यसमा संगठित ठगीको आरोपमा थप अनुसन्धानको तयारीमा रहेको देखिन्छ।