२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

देउवा: 'रवि लामिछानेको विषयमा अनावश्यक हो–हल्ला गर्न आवश्यक छैन'

पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसका नेताहरूलाई पनि विगतमा प्रहरीले पक्राउ गरेको तर कांग्रेसले त्यसबेला कुनै हल्ला नगरेको स्मरण गराए। 



Deuba
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १६३
  • सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गिरफ्तारीबारे अनावश्यक हो–हल्ला गर्न जरुरी नभएको बताएका छन्।

    आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसका नेताहरूलाई पनि विगतमा प्रहरीले पक्राउ गरेको तर कांग्रेसले त्यसबेला कुनै हल्ला नगरेको स्मरण गराए। 

    देउवाले कांग्रेसका नेता तथा कार्यकर्तामाथि मुद्दा चलाउँदा आफूहरूले कानुनी प्रक्रियालाई सम्मान गर्दै चुपचाप बसेको र यसलाई कुनै विवादमा नल्याएको स्पष्ट पारे। "हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, तर कहिल्यै होहल्ला गरेनौँ," देउवाले भने। 

    सञ्चारकर्मीहरूले सरकार लामो समय टिक्ने या नटिक्ने सम्बन्धी चर्चाबारे प्रश्न गर्दा देउवाले यसलाई अफवाह मात्र भएको बताए।