२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गोरखाको शहीद लखन गाउँपालिकामा मंसिर ५ गते स्थानीय बिदा

गुठी पञ्चमीका दिन मनकामना मन्दिरमा विशेष पूजा आयोजना हुने परम्पराअनुसार गाउँपालिकाले हरेक वर्ष यो दिन बिदा दिने गरेको छ।  



Shahid Lakhan
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १२२
  • गोरखाको शहीद लखन गाउँपालिकाले मंसिर ५ गते बुधबार स्थानीय बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यामबहादुर वृकट्टाले मंगलबार जारी गरेको सूचनामा गाउँपालिकाभरका कार्यालय र विद्यालय बन्द रहने उल्लेख गरिएको छ।  

    गाउँपालिकाको वडा नम्बर २ र ३ को सीमाना क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा हुने भएकाले बिदा घोषणा गरिएको हो। गुठी पञ्चमीका दिन मनकामना मन्दिरमा विशेष पूजा आयोजना हुने परम्पराअनुसार गाउँपालिकाले हरेक वर्ष यो दिन बिदा दिने गरेको छ।  

    बिदाका कारण गाउँपालिकाभित्रका सबै सरकारी तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्। गुठी पञ्चमी पूजाले धार्मिक महत्व राख्ने भएकाले यस अवसरमा स्थानीय समुदायको व्यापक सहभागिता हुने अपेक्षा गरिएको छ।