२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अदालतको अवहेलनासम्बन्धी रास्वपाका नेताहरू विरूद्ध निवेदन सुनुवाइको पेसी

अधिवक्ताले दर्ता गरेको उक्त निवेदन न्यायाधीश र नृपध्वजको संयुक्त इजलासमा पेसी तोकिएको हो।



High Court
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या ११५
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू विरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदनको सुनुवाइका लागि पेसी तोकिएको छ।

    अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको उक्त निवेदन न्यायाधीश मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो।

    सर्वोच्च अदालतले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गरेको थियो, तर पछि इजलासमा निवेदन पुगेपछि दर्ता गर्ने आदेश दिएको थियो। न्यायाधीश विनोद शर्माको इजलासले कात्तिक २७ गते पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी रकम हिनामिनामा अनुसन्धान प्रक्रिया चलिरहेको बेला अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको भन्दै अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश दिएको थियो।

    निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध पुर्याउन खोजिएको उल्लेख गरिएको छ। यसमा रास्वपा का केन्द्रीय नेताहरू स्वर्णिम वाग्ले, मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी लगायतलाई विपक्षी बनाइएको छ।