२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कीर्तिपुरमा एनपिएल हेर्न पुगेका दर्शकलाई सास्ती, झडपमा घाइते

खेलका क्रममा गेटमा दर्शक र प्रहरीबीच झडप हुँदा पाँच दर्शक र दुई प्रहरी घाइते भएका थिए।



NPL
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १५०
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि मैदान पुगेका दर्शकले टिकट हुँदाहुँदै सास्ती व्यहोर्नुपर्‍यो।

    लाइन व्यवस्थापनमा अव्यवस्था हुँदा कतिपयले खेल हेर्न नपाई फर्कनुपर्‍यो। अनलाइन टिकट लिएर क्यूआर कोड स्क्यान गर्नुपर्ने झन्झटले पनि दर्शकलाई समस्या भएको थियो।

    खेलका क्रममा गेटमा दर्शक र प्रहरीबीच झडप हुँदा पाँच दर्शक र दुई प्रहरी घाइते भएका थिए। घाइतेमा रूपन्देहीका जयन श्रेष्ठ र गुल्मीका शिशिर गौतमसहित पाँच जना छन्।

    घाइते प्रहरी अजय तामाङको अवस्था गम्भीर रहेको छ। उनलाई बाँसबारीस्थित न्युरो अस्पतालमा रिफर गरिएको छ। स्थिति अहिले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।