आगामी फागुनको अन्तिम साता नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
बाँके जिल्ला फुटबल संघ र अन्तरालको सहकार्यमा हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहनेछ।
राष्ट्रिय महिला टिमकी पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले आइतबार लोगो सार्वजनिक गरेका छन्। आयोजकले प्रतियोगितालाई प्रतिष्ठित बनाउँदै भविष्यमा सार्क टिमहरूलाई आमन्त्रण गर्ने योजना रहेको बताएको छ।
अखिल नेपाल फुटबल संघ र बाँके फुटबल संघले महिला खेलाडीहरूलाई नयाँ अवसर दिने प्रतियोगिता भएकाले सफल बनाउन पूर्ण सहयोगको प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस