काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि सरकारको प्रतिशोधपूर्ण व्यवहार भएको र मानवअधिकार हनन गरिएको भन्दै मानवअधिकार आयोगमा उजुरी दर्ता गराएको छ।
पार्टीले मानवअधिकार आयोगमार्फत लामिछानेको सुरक्षा र न्यायको माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघ–संस्थाहरूमा अपिल गरेको छ। कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले उजुरी दर्ता गर्दै लामिछानेलाई अनुसन्धानका नाममा मानसिक यातना दिइएको र मानवअधिकार उल्लङ्घन भएको दाबी गरेका छन्।
उजुरीमा प्रहरीद्वारा राज्य संयन्त्रको दुरुपयोग गर्दै अमानवीय, अपमानजनक, र गैरन्यायिक व्यवहार गरिएको उल्लेख छ। लामिछानेको जीवनरक्षा र न्याय सुनिश्चित गर्न आयोगलाई पहल गर्न र सरकारको ध्यानाकर्षण गराउन माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस