८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एनपीएल: लुम्बिनीले दियो चितवनलाई १६८ रनको लक्ष्य

लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको चुनौती प्रस्तुत गरेको छ।



NPL
  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ७६
  • काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको चुनौती प्रस्तुत गरेको छ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको उत्कृष्ट प्रदर्शनको मद्दतले १६७ रनको योगफल तयार गर्‍यो।

    खराब सुरुवात गरे पनि रोहित र जफरको अर्धशतकले खेललाई लयमा फर्कायो। ५७ बलको सामना गरेका रोहितले पाँच छक्का र ६ चौकासहित ८० रनको इनिङ खेले।

    त्यस्तै, जफरले ३५ बलमा चार चौका र एक छक्कासहित ५२ रन बनाए। ओपनर अर्जन साउदले १५ रन र टोम मूरेसले १० रनको योगदान दिए।

    चितवन राइनोजका लागि रिजन ढकालले तीन विकेट लिए भने कुशल मल्ल र रञ्जित कुमारले एक/एक विकेट झारे।

    अब चितवनले १६८ रनको लक्ष्य पछ्याउँदै आफ्नो इनिङ सुरु गर्नेछ।